ईपीएल : काठमाण्डौ र चितवन तथा भैरहवा र ललितपुर खेल्दै


काठमाडौं, असोज १४ । ईपीएल क्रिकेटमा आज काठमाण्डौ र चितवन तथा भैरहवा र ललितपुर खेल्दै छन् । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज काठमाण्डौ किङ्ग्स इलाभेन र चितवन टाइगर्स तथा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्स खेल्दै छन् । त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा बिहान साढे ९ बजे काठमाण्डौ र चितवन खेल्ने छन् ।

आज दुवै टोली पहिलो जितको खोजीमा हुने छन् । काठमाण्डाैमा दुई अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने समान दुई अङ्क भएको चितवन चौथो स्थानमा छ । यस्तै, आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्स दिउँसाे साढे १ बजे खेल्नेछन् । शीर्ष स्थानमा रहेको भैरहवा आज दोस्रो स्थानमा हुने छ भने अहिलेसम्मका दुई खेलमा दुई खेल नै हारेको ललितपुर पहिलो जितको खोजीमा हुनेछ ।