ओली सरकारले गरेका राजदूत नियुक्ति फिर्ता गर्ने सरकारको निर्णय


काठमाडौं, ५ असोज । सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीको पालामा भएका राजदूत नियुक्ति फिर्ता गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक तवरबाट नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

राजनीति तवरबाट नियुक्ति भएका सबै राजदूताहरूलाई फिर्ता बोलाउने निर्णय भएको छ,मन्त्री कार्कीले भने ।

सरकारको निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे लगायतका राजदूत फिर्ता हुनो भएका छन् । अन्य देशहरूमा नियुक्त भएका राजदूतहरु फिर्ता हुनेछन् ।