मोटरसाइकलको ह्यान्डलमा मोवाइल जोड्नु खतरा


शक्तिशाली मोटरसाइकलबाट हुने कम्पनबाट आईफोन जोगाउन प्रयोगकर्तालाई निर्माता कम्पनी एपलले सुझाव दिएको छ। एपलका अनुसार नराम्रो कम्पनले आईफोनको क्यामराको प्रणालीमा खराबी आउन सक्ने भन्दै चेतावनी दिएको हो ।
म्याकरूमर्स वेबसाइटले फेला पारेको एपलको ग्राहक सेवा वेबसाइटको सपोर्ट पेजमा उक्त प्रविधि कम्पनीले शक्तिशाली मोटरसाइकलमा आईफोन जोडेर नराख्न चेतावनी दिएको हो ।
सो दस्ताबेजमा इन्जिनमा हुने कम्पनीले फोनको क्यामराले फोटो खिच्दा सन्तुलन कायम रहोस् भनेर जडान गरिएको प्रविधि अप्टिकल(इमेज स्टेबलाइजेशन अथवा क्लोज्ड(लूप अटोफोकसु प्रणालीमा हानि पुर्‍याउन सक्ने बताइएको छ।

स्कूटर र मोपेडचालकलाई पनि आईफोन ह्यान्डलमा जडान गर्दा कम्पन घटाउन सघाउने विशेष खालको माउन्टु प्रयोग गर्न सुझाव दिइएको छ।

फेसएपबाट जासुसी हुन सक्ने अमेरिकी गुप्तचर निकायको चेतावनी समेत छ । विभिन्न मानिसले मोटरसाइकलमा जोडेपछि आफ्नो फोन बिग्रिएको सामाजिक सञ्जालमा लेखेका छन्।

एपलले विभिन्न मोडलका आईफोनमा क्षति हुने जोखिम भएका जनाएको छ।

उच्च आयामको कम्पनु
चाल, कम्पन र गुरुत्वाकर्षणको प्रभावलाई प्रतिरोध गरेर तस्बिरको गुण सुधार गर्नका लागि निर्माण गरिएको आईफोनको क्यामरामा राखिएको प्रणाली यसले प्रभावित भएको पाइएको छ।

शक्तिशाली मोटरसाइकलबाट सघन उच्च(तरङ्ग भएका कम्पनू उत्पन्न हुन्छ,सो सपोर्ट पेजमा भनिएको छ। त्यस्तो कम्पन फ्रेम र ह्यान्डलबारबाट फैलिन सक्छ।

आवृत्ति फ्रिक्वेन्सीका केही निश्चित श्रेणीभित्र पर्ने धेरै चर्को तरङ्ग भएको कम्पनका कारण आईफोनका यी प्रणालीहरूको कार्यक्षमता क्षीण हुन सक्छ अनि त्यसले तस्बिर र भिडिओको गुण घटाइदिन सक्छ।

मोटरसाइकल चढेर कतै जाँदा बाटो पत्ता लगाउन प्रायः फोन देखिनेगरी ह्यान्डलमा जडान गरेर राख्ने चलन छ।

त्यसैले कम्पनबाट आफ्नो आईफोन जोगाउने उपाय भनेको प्रथमतः मोटरसाइकलको ह्यान्डलमा त्यसरी आईफोन नजोड्नु नै हो।-बीबीसी