प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न सुदूरपश्चिम गएका छन्। बालुवाटारबाट हेलिकप्टरमार्फत् प्रधानमन्त्री देउवा आज बिहान सुदूरपश्चिमस्थित धनगढी गएका हुन्।
सुदूरपश्चिम क्षेत्रको निरीक्षणमा प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन मन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेताहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायरलगायत पनि सुदूरपश्चिम गएका छन्।
प्रधानमन्त्रीसहित सो टोली आज बझाङ, बैतडीलगायत जिल्ला पनि पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवा शुक्रबार काठमाडौं फर्कने उनको सचिवालय स्रोतले बताएको छ।
आइतबारबाट परेको भारी वर्षाका कारण देशै भरको जनजिवन प्रभावित भएको छ ।