एमाले निर्वाचनको मत घोषणा दिउँसो २ बजेभित्र


१४ मंसिर, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व आज दिउँसो २ बजेसम्ममा नतिजा घोषणा हुने दसौं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। निर्वाचनमा करिब २ हजार आसपास मत खसेको छ। मतदानको समय बिहान १०ः३० सम्म तोकिएको थियो । मतदान सकिएपछि परिणाम घोषणालाई धेरै समय लाग्दैन।

डिजिटल मतलाई कागजमा मुचुल्का उठाउछौं। सबै बुथको मत जोड्छौं। अनि परिणाम घोषणा गर्छौं। अधिकतम लागे दिउँसो २ बजेसम्म घोषणा भइसक्ने ट । एमालेको ३०१ सदस्य केन्द्रीय कमिटी चयन गर्न चितवनको सौराहास्थित होटल सेभेन स्टारमा आज मंगलबार बिहानै ४ बजे विद्युतीय मतदान सुरु गरिएको थियो।