कास्कीमा बस दुर्घटना हुदाँ ६ जना घाइते


सुनौलीबाट म्याग्दीका लागि छुटेको यात्रुवाहक बस मंगलबार बिहान कास्कीमा दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । घटनामा परी एक जनाको अवस्था चिन्ताजनक छ । ५ जनाको उद्धार गरी पोखराका अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

लु १ ख ७७६८ नम्बरको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा बिहान ६ बजेर ५० मिनेटमा सडकबाट अन्दाजी ३० मिटर तल खसेको कास्की प्रहरीले जनाएको छ ।

एकजना यात्रु बसले किचिएको अवस्थामा रहेका छन । तत्कालै हेभी इक्विपमेन्ट नभएकाले अहिले उनलाई जमिन खनेर निकाल्ने प्रयास भइरहेको छ । बसले किचिएका व्यक्तिको अवस्था क्षतविक्षत रहेकाले जीवितै उद्धार गर्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ ।