मुलुक निर्वाचनमय भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाई


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मुलुक निर्वाचनमा होमिएको बताएका छन् । तत्काल देख्दा महाविधेशनको माहोल देखिएपनि ती सबै निर्वाचनको तयारी जस्तै बनेको प्रचण्डको भनाई छ ।

माओवादी केन्द्रका रूपन्देही जिल्ला इन्चार्ज एवं केन्द्रीय नेता रामप्रसाद बञ्जाडे टंकमणीको शोक सभाका लागि मंगलबार बुटवल पुगेका अध्यक्ष प्रचण्डले लोकतन्त्रको लागि निर्वाचन महत्वपूर्ण भएको बताए ।

तर, निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र जनताको सहज पहुँचमा हुनुपर्नेमा सबै राजनीतिक दलको ध्यान जानुपर्ने बताए ।

जनताको सहज पहुँचमा पुर्‍याउन राजनीतिक दलहरुले पनि आपसी समझदारी र सहकार्य गरेर अघि बढ्न जरुरी रहेको उनको भनाई छ ।

देशलाई राजनीतिक स्थायित्व, विकास र सम्बृद्धितिर लैजानु सबै राजनीतिक दलको दायित्व भएको बताए ।