विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० लाख बढि


विश्वभर कोभिड–१९ को संक्रमणको कारण मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार पछिल्लो केही समययता नयाँ संक्रमितको संख्या भने बढेको छ।

यद्यपि मृत्युदर भने घटेको छ। अहिलेसम्म विश्वभर संक्रमित हुनेको संख्या २५ करोड नाघेको छ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या दुई देखि तीन गुणासम्म हुन सक्ने बताएको छ।

कोरोना संक्रमणको कारण सबैभन्दा धैरै मानिसको मृत्यु अमेरिकामा भएको छ। अमेरिकामा कोरोना संक्रमणको कारण ७ लाख ४५ हजारभन्दा धेरैको मृत्यु भएको छ।

ब्राजिलमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ६ लाख ७ हजारभन्दा धेरै छ। भारतमा पनि कोरोना संक्रमणको कारण ४ लाख ५८ हजारभन्दा धेरैको मृत्यु भएको छ।