बसको ठक्करबाट बालकको मृत्यु


मोरङ, ३० कात्तिक । पथरी शनिश्चरे नगरपालिका(२ जय चोकस्थित सडकमा बाग्मती प्रदेश (३(००१ ख २०० नम्बरको बसको ठक्करबाट बेलबारी नगरपालिका – ४ बस्ने २६ वर्षीया भावना अचार्यको छोरा ७ वर्षीय बिवस अचार्यको मंगलबार बिहान मृत्यु भएको छ ।

भावनासँगै पैदल हिँडिरहेको अवस्थामा बाटो काट्नेक्रममा सो बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।