कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार बढि


नेपालमा कोरोनाभाइरसबाट हालसम्म ११ हजार ४ सय ८२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ सय ७७ जना संक्रमित थपिएको जनाएको छ। यससँगै पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ६ सय ७२ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १ सय ७४ पुगेको छ ।

हाल संक्रमितमध्ये ७ लाख ९८ हजार ७ सय १४ निको भएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमित ७ हजार ४ सय ७६ जना रहेका छन् । कोरोना विरुद्धको खोप लगाउने अभियानले तिवत्रा पाएसंगै संक्रमणमा समेत सुधार आएको छ ।