कटुवा पेस्तोल सहित पक्राउ


रुपन्देही, १ मंसिर । तिलोत्तमा नगरपालिका(१४ दुर्गानगरबाट १ थान कटुवा पेस्तोल सहित सोही नगरपालिका बिन्दुनगर बस्ने २८ वर्षीय सन्दिप थापालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

सो स्थानमा पेस्तोल लिएर हिँडिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भैरहवा र प्रहरी चौकी चिल्हियाबाट खटिएको प्रहरीले उनलाई हतियारसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।