डोजर पल्टिंदा चालकको मृत्यु


दाङमा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका–५ मा सडक मर्मतको क्रममा जेसीबी दुर्घटना हुँदा अपरेटर चालक घोराही–१० नारायणपुरका २२ वर्षीय सुनिल बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पर्यटकीयस्थल बंगलाचुली टावर जाने सडक मर्मतको क्रममा आज बिहान साढे चार बजेतिर रा १ क ९१४ नम्बरको जेसीबी दुर्घटनामा परेको हो । दुर्घटनामा सहचालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएका छन् । घुम्तीमा माटोमा भासिएर जेसीबी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।