![](https://i0.wp.com/www.indreni.com/wp-content/uploads/2021/11/Sherbahadur-Deuba-and-Ramchandra-paudel-5_20200107072125.jpg?fit=1100%2C598&ssl=1)
![](https://i0.wp.com/www.indreni.com/wp-content/uploads/2021/11/Sherbahadur-Deuba-and-Ramchandra-paudel-5_20200107072125.jpg?fit=1100%2C598&ssl=1)
काठमाडौं, मंसिर ०८ । नेपाली कांग्रेसले हिजोआज जिल्ला अधिवेशन गरिरहेको छ। एक मात्र संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा अधिवेशन भइरहेका छन्। यसअघि कांग्रेसले १४ हिमाली जिल्लामा जिल्ला अधिवेशन गरेको थियो।
एक मात्र संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर ६ गतेदेखि कांग्रेसले जिल्ला अधिवेशन सुरू गरेको छ। मंसिर १० मा एकभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा कांग्रेसले जिल्ला अधिवेशन गर्नेछ।आजसम्म २५ जिल्लामा कांग्रेसले अधिवेशन सकेको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच जिल्लामा कडा प्रतिस्पर्धा भएको छ।
२५ जिल्लामा अधिवेशन भएकोमा सभापति देउवा र नेता पौडेल पक्षबीच कडा प्रतिस्पर्धा भएको छ। मतपरिणामअनुसार जिल्ला सभापतिमा देउवा पक्ष अगाडि देखिएको छ। यद्यपी देउवा र पौडेल पक्षले सर्वसम्मत रूपमा सभापतिमा जितेकाहरू भने आ-आफ्नो पक्षका दाबी पनि गरेका छन्।
देउवा पक्षले जितेका जिल्ला र सभापति:
लमजुङ, सभापति टकराज गुरूङ
सल्यान, सभापति केशवबहादुर विष्ट
डोल्पा, सभापति दीपेन्द्रबहादुर शाही
डडेल्धुरा, सभापति भीमबहादुर साउद
म्याग्दी, सभापति खमबहादुर गर्बुजा
ताप्लेजुङ, सभापति गजेन्द्रप्रसाद तुम्याहाङ
मुगु, सभापति ऐनबहादुर शाही
पाँचथर, सभापति रूपनारायण जवेगु
मनाङ, सभापति शंकर गुरूङ देउवा
हुम्ला, सभापति मोहनविक्रम सिंह
बझाङ, सभापति खडक बोहरा
रामेछाप, सभापति पूर्णबहादुर (कान्छाराम) तामाङ
जुम्ला, सभापति कर्णबहादुर शाही
जाजरकोट, सभापति बेदराज सिंह
वरिष्ठ नेता पौडेल पक्षले जितेका सभापति र जिल्ला:
प्युठान, सभापति विष्णुकुमार गिरी
अर्घाखाँची, सभापति केशव श्रेष्ठ
बैतडी, सभापति चतुरबहादुर चन्द
दोलखा, सभापति बर्मा लामा
गोरखा, सभापति नन्दप्रसाद न्यौपाने
कालिकोट, सभापति अम्बबहादुर शाही
संखुवासभा, सभापति दीपक खड्का
रूकुमपूर्व, सभापति केशरमान रोका
मुस्ताङ, सभापति रोमीगौचन थकाली
भोजपुर, सभापति विनोद वान्तवा
बाजुरा, सभापति रामसिंह रावल