इन्टरपोलको ८९औं महासभामा प्रहरी महानिरिक्षक सहभागी


नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी भएका छन् । टर्कीको ईस्तानबुलमा २०७८ मंसिर ७ देखि ९ गतेसम्म हुने महासभामा प्रहरी महानिरीक्षक क्षेत्री बुधबार सहभागी भएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरी महानिरीक्षक क्षेत्रीसँगै महासभामा प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान समेत सहभागी छन् ।

क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी हुन मंसिर ५ गते टर्की प्रस्थान गरेका थिए ।