राति अबेरसम्म निन्द्रा लाग्दैन भने यसो गर्नुहोस्


अहिलेको समयमा राति निन्द्रा नपर्ने समस्या आम भइसक्यो । अधिकाशं मानिस राति पुर्ण र राम्ररी निदाउन नसक्दा समस्यामा पर्ने गरेका छन् । धेरैलाई थाहा नहुन सक्छ, खाना जतिकै निन्द्रा पनि शरिरको आवश्यकता हो । यसकालागि मानिस २४ घण्टाको अवधीमा न्युनतम ७/८ घण्टा निदाउन आवश्यक छ । अन्यथा निद्रा प्रभावित भएमा दैनिक कामकारबाहीदेखि स्वास्थ्यमा समेत असर पर्दछ ।

अनिद्राले चिढचिढाहट हुने, काममा मन नलाग्ने, आँखाको तल्लो भागमा कालो घेरा देखिने, पेटसम्बन्धी समस्या हुने तथा दिर्घकालिन रुपमा उच्च रक्तचाप, मोटोपना, मधुमेह रोग समेत हुन सक्छ । तर निद्राले शरीर र मस्तिष्क दुबैलाई स्वस्थ एवम् चुस्त राख्दछ । बढी चिन्ता लिने, मनमा कुरा खेलाउने तथा एकाग्र हुन नसक्नेहरुमा अनिन्द्राको समस्या हुने गर्दछ ।

अनिद्रा मदिरा तथा लागुपदार्थ सेवन, मानसिक तथा शारीरिक समस्या बाहेक अन्य कारणले पनि हुनसक्छ । लगातार अनिन्द्रा भएमा चिकित्सकको परामर्श लिन अत्यन्त आवश्यक छ । अनिन्द्राबाट बच्न, राति अबेरसम्म जागा बस्नु हुँदैन । थकाइ लागेको समयमा नै सुत्नुपर्छ । साथै सधैं दिनहुँ सुत्ने र उठ्ने समय एकनाशको हुनु पर्दछ । यस अलावा सुत्ने ओच्छ्यान र वातावरण निन्द्रा जगाउने खालको हुनु पर्दछ । सुत्ने कोठा अँध्यारो र शान्त हुनुपर्छ । एजेन्सीको सहयोगमा