रक्तचन्दनको तेलसहित १० जना पक्राउ


प्रहरीले रक्तचन्दनको तेल सहित १० जनालाई पक्राउ गरेको छ । प्रहरीले ३३ लिटर रक्तचन्दनको तेलसहित काठमाडौंबाट १० जनालाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार दिउँसो तीलगंगाबाट १० जनालाई पक्राउ गरेको हो।

प्रतिलिटर पाँच लाखका दरले ग्राहकसँग मोलमोलाई गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी चन्द्रकुबेर खापुङले बताए।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि वन कार्यालय पठाउने तयारी भइरहेको खापुङले बताए।

पक्राउ पर्नेमा खोटाङ हलेसी नगरपालिका–६ घर भई काठमाडौं महाराजगञ्ज बस्ने २३ वर्षीय घनश्याम आलेमगर, हलेसी –९ मै घर भई चाबहिल बस्ने २० वर्षीय जीवन थापा, तनहुँ भानु नगरपालिका –६ घर भई सामाखुसी बस्ने २५ वर्षीय सुदीप भट्टराई लगायत छन्।

रक्तचन्दन बिक्री वितरणमा प्रतिबन्ध छ। त्यसको तेल कसरी कहाँबाट काठमाडौं ल्याइयो र यो केमा प्रयोग हुन्छ भन्नेबारे अनुसन्धान भइरहेको छ।

अहिले प्रारम्भिक अनुसन्धान भइरहेको छ, यो कहाँबाट ल्याइयो भन्नेबारे सोधपुछ भइरहेको छ,’ महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले भने। केही वर्ष पहिला तातोपानी नाका हुदै रक्तचन्दन काठमो अवैध कारोबार हुर्दै गरेको थियो । तर अहिले भने रस नै बनाएर विक्री गर्न थालिएको हो ।