८० अंकले शेयर बजारमा गिरावट


साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षक लागि ल्याएको मौद्रिक नीतिको समीक्षाको नकरात्मक असर शेयर बजारमा देखिएको छ ।

समीक्षा पछि आइतबार खुलेको बजार ८० दशमलव २९ अंकले घटेर २ हजार ६ सय ५१ दशमलव ४९ अंकमा झरेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ दशमलव १९ अंकले घटेको छ । ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँको शेयर कारोबार भएको छ ।

मौद्रिक नीतिको समीक्षमा शेयर धितो कर्जामा राष्ट्र बैंक लचक हुने अपेक्षा शेयर लगानीकर्ताको थियो । तर राष्ट्र बैंकले समीक्षामा शेयर बजारको विषयमा केही बोलेन । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति शेयर बजारप्रति मौन भएको असर प्रत्यक्ष रुपमा शेयर बजारमा परेको हो ।