नेकपा एमालेका ३०१ केन्द्रीय सदस्यको सूची तयार


नेकपा एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची तयार भएको छ । सौराहमा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले शुक्रबार भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । अध्यक्ष ओलीलाई चार नेताले सदस्यको सुची बुझाएका हुन ।

ओलीले आज विहान १० बने बन्दसत्र राखेका थिए । तर विवादपछि बन्दसत्र रोकेर छलफलमा जुटेका उनले केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा चार नेतालाई दिएसँगै सूची तयार भएको हो ।

ओलीले संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरु शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा दिएका थिए ।

चार नेताले पार्क सफारी होटलको कोठा नम्बर ४०१ मा बसेर केन्द्रीय सदस्यहरुको सूची बनाएको जनाइएको छ । आफूहरुले पदाधिकारीसहित केन्द्रीय सदस्यको सूची तयार पारेर अध्यक्ष ओलीलाई बुझाएको बताएका छन्. ।

अब ओलीले अन्तिम रुप दिने र बन्दसत्रमा प्रस्तुत हुने बताइएको छ । यता अध्यक्षमा ओलीसंगै प्रतिस्पर्धामा जान नेता भिम रावलले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन् ।