राप्रपामा केन्द्रदेखि तलसम्म दुईपटक भन्दा बढी अध्यक्ष हुन नपाइने


राप्रपामा केन्द्रीयदेखि तलसम्म कुनै पनि समितिमा लगातार दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाइने गरी विधान संशोधन भएको छ।

बुधबार बेलुका बसेको राप्रपा एकता महाधिवेशनको बन्दसत्रले लगातार दुई कार्यकालभन्दा बढी अध्यक्ष बन्न नपाइनेगरी विधान संशोधन गरेको विधान संशोधन तथा सुझाव समितिका सदस्य कृष्णप्रसाद पाण्डेले जानकारी दिए। विधान संशोधन तथा सुझाव समितिका सदस्य कृष्णप्रसाद पाण्डेले जानकारी दिए।

संशोधन गरिएको विधान अनुरुप जुनसुकै तहको अध्यक्ष पदमा लगातार दुईकार्यकाल भन्दा बढी बस्न नपाइने भएको हो । यस आधारमा अब कोही लगातार दुई कार्यकाल अध्यक्ष भइसकेको छ भने उसले तेस्रोपटक अध्यक्ष पदमा उम्मेदवारी दिन पाउँदैन।

यस्तै बुधबार बेलुकाको बन्दसत्रले पार्टीमा बहुमतको निर्णय पारित हुने र फरक विचार राख्न पाइने निर्णय पनि गरेको पाण्डेले जानकारी दिए।

‘बहुमतको निर्णय मानिनेछ, तर फरक विचार राख्न पनि पाइन्छ वा नोट अफ डिसेन्ट लेख्ने अधिकार खुला राखिएको बताएका हुन ।

राप्रपाको बन्दसत्र जारी छ। अहिले राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदन पेस गर्ने तथा छलफल गर्ने क्रम चलिरहेको छ।

राप्रपाको एकता महाधिवेशनमा ४ हजार ६ सय प्रतिनिधि सहभागी छन्। बन्दसत्रमा नेतृत्व चयन प्रक्रिया आजै दिउँसो २ बजेदेखि गर्नेगरी राप्रपा निर्वाचन समितिले कार्यतालिका बनाएको छ।