प्रदेश १ मा शेखर र सुजाता कोइरालाले भोट नहालेपछि आफनै पक्षका नेता पराजित


काठमाडौं, मंसिर २०। कांग्रेसको प्रदेश १ को अधिवेशनमा प्रभावशाली केन्द्रीय नेताहरूले नै मतदान नगरेको खुलेको छ । सभापतिमा नेता कृष्णप्रसाद सिटौलानिकट नेता उद्धव थापाले २ भोटले जितेका छन् । थापा ८४४ मत पाएर विजयी भए ।

पराजित घिमिरेले ८४२ मत पाए । घिमिरे २ भोटले मात्रै पराजित भएपछि केन्द्रीय नेताहरूले नै मतदान नगरेको बाहिरिएको हो । सभापतिका उम्मेदवार घिमिरे केन्द्रीय सभापतिका आकांक्षी नेता शेखर कोइरालाका विश्वासपात्र हुन् । तर, कोइराला विराटनगरै भए पनि घिमिरेलाई मतदान गरेनन् ।

कोइरालासँगै नेताहरू बलबहादुर केसी, सुजाता कोइराला र महेश आचार्यले पनि भोट हालेनन् । पार्टीका प्रवक्ता समेत रहेका नेता विश्वप्रकाश शर्मा त प्रदेश अधिवेशनमा सहभागी नै भएनन् ।संस्थापनइतर समूहका घिमिरे सभापतिमा २ भोटले पराजित भएपछि त्यही समूहका नेताहरू नै मतदानमा सहभागी नभएको खुलेको हो ।