

काठमाडौं, मंसिर २१। रुकुम पश्चिमको मुसीकोट नगरपालिका–२, स्थित बरेली बजारमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।सोमबार बाँफिकोट गाउँपालिका–२, को पिपलबाट मुसीकोट नगरपालिका–१, घिमानेतर्फ जाँदै गरेको ग १ ख २१०९ नम्बरको बस दुर्घटनामा परेको हो ।
त्यहाँको जिल्ला प्रहरी कार्यालयले घाइते सबैको उद्वार गरी जिल्ला अस्पताल पुर्याइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बस सडकबाट झण्डै डेढ सय मिटर तल खसेको थियो । बस दुर्घटनापछि चालक भने फरार रहेका छन् । अहिले प्रहरीले उनको सोधखोज गरिरहेको बताइएको छ । झरीका कारण सडक चिप्लो हुँदा बस चिप्लिएको हुन सक्ने बताइएको छ ।