१२–१७ वर्षका बालबालिकालाई हिमाली क्षेत्रमा भेगकामोडेर्ना खोप लगाइने


सरकारले १२–१७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडेर्ना खोप लगाउने तयारी गरेको छ ।

कोभ्याक्स सुविधामार्फत एक लाख ८८ हजार डोज मोडेर्ना खोप प्राप्त गरेसँगै सरकारले पहिलो चरणमा हिमाली जिल्लाका बालबालिकालाई खोप लगाउने तयारी गरेको हो ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालका अनुसार आगामी हप्तादेखि बालबालिकालाई मोडेर्ना खोप लगाउने तयारी अघि बढेको बताए ।

हिमाली जिल्लाका बालबालिकालाई अहिले खोप लगाउन सकिने अनुकुल अवस्था बारेमा अध्ययन गरी बुधबार सो क्षेत्रका अधिकारीहरुसँग छलफल गरिने बताए । उनहरुको सुझाव अनुसार नै बालबालिकालाई खोप लगाउँने योजना भएको बताए ।

तत्काल १० लाख डोज मोडेर्ना खोप आउने र जनवरी महिनाभित्र थप ४० लाख डोज माडर्ना खोप प्राप्त हुने दाहालको भनाइ छ । खोप प्राप्त भएसँगै अन्य जिल्लामा पनि बालबालिकालाई खोप अभियान सञ्चालन हुने उनले बताए ।