देउवा पक्षका जिल्ला सभापति पौडेल पक्षमा लागे


नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा सभापति शेरबहादुर देउवा पक्षबाट सभापति जितेका दुई जिल्ला सभापति रामचन्द्र पौडेल पक्षमा खुलेका छन् । पौडेल पक्षले बुधवार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा राखेको भेलामा संस्थापन पक्षको समर्थनबाट जितेका दुई जिल्ला सभापति सहभागी भएर कित्ता फेरेका हुन् ।

यसरी पौडेल पक्षमा खुल्नेमा ललितपुरका जितेन्द्र श्रेष्ठ र तनँहुका जितप्रकाश आले पौडठेलसंग पुगेका हुन । श्रेष्ठ प्रकाशमान सिंहको समर्थनबाट जित हात पारेका हुन । यद्यपी ललितपुरमा संस्थापन पक्षकै दुई उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।

उताँ तनहुँमा भने पौडेल निकट उम्मेदवार बैकुण्ठ न्यौपानेलाई पराजित गरेका जितप्रकाश आलेलाई देउवा पक्षका शंकर भण्डारी, गोविन्द भट्टराई लगायतको समर्थन गरेका थिए ।

आले यसअघि पौडेल पक्षमा रहे पनि महाधिवेशनबाट सभापति बन्ने बेला संस्थापन पक्षको उम्मेदवार बनेका थिए ।ललितपुरको सभापति निर्वाचनमा शुरुमा मीनकृष्ण महर्जन, जितेन्द्र श्रेष्ठ र रामकृष्ण चित्रकारबीच प्रतिस्पर्धा भएको थियो ।

दोस्रो चरणमा संस्थापन पक्षका मीनकृष्णले श्रेष्ठलाई साथ दिएका थिए भने देउवा निकट नेताहरु उदय शमसेर जबरा र तरुण दलका अध्यक्ष जितजंग बस्नेतको समर्थन पनि श्रेष्ठलाई थियो ।आफूहरुको समर्थनमा चुनाव जितेर कित्ता परिवर्तन गरेको भन्दै संस्थापन पक्षका कार्यकर्ताले श्रेष्ठको आलोचना गरेका छन् ।