कांग्रेस केन्द्रीय समितिबाट तीन प्रस्ताव पारित


भोलीदेखि सुरु हुने नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले तीन प्रस्ताव पारित गरेको छ ।

१४ औं महाधिवेशनको पूर्वसन्ध्यामा बसेको पार्टी बैठकले महामन्त्री डा. शशांक कोइराला, पूर्णबहादुर खड्काको प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन र उपसभापति विमलेन्द्र निधिले पेस गरेको नीति अनुसन्धान प्रतिस्ठानको प्रतिवेदन सर्वसम्मत पारित गरेको जनाएको छ ।

बैठकले विधान संशोधनलगायत अनुमोदन समेत गरेको हो । सो बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल भने उपस्थित थिएनन्।

नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा इतरका नेताहरुको भेलाले अझै पनि सभापतिको टुंगो लगाउन सकेन्न । सभापतिमा रामचन्द्र पौडेल, डा. शेखर कोइराला र प्रकासमान सिंहको दाबी कार्यमै रहेकाले विवाद मिल्न नसकेको हो ।

यता नेता कृष्णप्रसाद सिटौला समेत सभापतिको दावेदारको रुपमा आफ्नो समूह बनाएका छन् । त्यस्तै मधेशमा नेपाली कांग्रेसमा प्रभाव जमाएका नेता विमलेन्द्र निधिले समेत सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन राजधानीको भृकुटीमण्डपमा मंसिर २४ गतेदेखि सुरु हुर्दै छ ।