गैंडाको खागसहित ३ जना पक्राउ


वुटवल उपमहानगरपालिका–५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४ ईन्च गोलाई र ४ ईन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई विषेश सूचनाको आधारमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रकोट गाउँपालिका–७ सूर्यथुम बस्ने ४८ वर्षीय नर बहादुर सुनार, ५८ वर्षीय पदम सुनार र सोही गाउँपालिका(५ रानीचाप बस्ने २८ वर्षीय सुमन न्यौपाने रहेका छन् ।

होटलको कोठामा गैंडाको खागको कारोवार गर्ने मानिसहरु छन् भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले होटल तलासी गर्दा वस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।