नेताहरु जनताले चोर आयो भन्न थालेको राप्रपा अध्यक्ष लिङदेलको दुखेसो


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका राजनीतिक दलहरु र तिनका नेता नराम्ररी बदनाम भएको बताएका छन्।

नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको उद्घाटन सत्रलाई शुक्रबार काठमाडौंमा सम्बोधनका क्रममा जनता नेताप्रति रुष्ट भएको भन्दो आक्रोश पोख्न थालेको बताएका हुन ।
अहिले देशको राजनीति लिक बाहिर गइसकेको बताउँदै उनले नेताहरु गाउँ जाँदा पनि चोर आयो भन्न थालेको उल्लेख गरेका छन्।

अहिले सरकार सरकार जस्तो छैन। संसद संसद जस्तो छैन। अदालत अदालत जस्तो छैनु, उनले भने, ुयो सबैलाई ठीक लगाउने कसलेरु राजनीतिले तर राजनीति नै ठीक छैन। यसलाई ठीक लगाउने नेताले हो। तर उनीहरुले नै जनताबाट विश्वास गुमाएका छन्।

लिङ्देनले नेताप्रति जनताको विश्वास मरेको पनि बताए। ुनेताप्रति जनताको विश्वास मरेको छ। पार्टीका कार्यकर्ताले नेता बोलाउँदा गाली गर्न थालेका छन् उनले भने, ुगाउँमा जाँदा नेता आएको थाहा पाउनेबित्तिकै कुन चाहिँ चोर आएछ भन्छन्। गाउँलेले हामीलाई नेता आएनन् भन्छन्, चोर आयो भन्छन्।ु