माग सम्बोधन नभए सडक संर्घष अध्यक्ष : ठाकुर


लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको माग सम्बोधन नभए सडक संर्घष गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लोसपा अध्यक्ष ठाकुरले संविधानप्रति आफूहरुको असन्तुष्टि कायमै रहेको बताउँदै आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन । थरुहट–मधेस आन्दोलनका क्रममा थुप्रै नेता कार्यकर्तामाथि मुद्दा लगाएको र केही अझै पनि जेलमा समेत रहेको ठाकुरको तर्क छ ।

लोसपाका अध्यक्ष ठाकुरले भने, ‘हामी हाम्रो समस्याको सम्बोधन चाहन्छौं । होइन भने ज्वालामुखी जस्तै विस्फोट हुन्छ, हामी फेरि सडकमा उत्रन बाध्य हुन्छौं ।’