एकअर्कालाई प्रधानमन्त्री बनाएर राजनीतिक संस्कार देखायौ प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली दलहरूमा राजनीतिक संस्कार रहेको बताएका छन् । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको महाधिवेशनमा सम्बोधन गर्दै दाहालले नेपाली नेताहरूले एक अर्काले हातेमालो गरेर एक अर्कालाई प्रधानमन्त्री बनाउने गरेको बताएका छन् ।

त्यसअघि भारतीय जनता पार्टीका नेता हर्ष वर्द्धनले एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री नदेखेको बताएका थिए । हर्ष वर्द्धनलाई जवाफ दिँदै दाहालले भने, ुउहाँलाई यो थाहा छैन कि यी पूर्वप्रधानमन्त्रीहरू एकले अर्कालाई बनाएका हुन् । यो हाम्रो संस्कृति हो । हामी आपसमा विचारमा राजनीतिमा बेलाबेलामा निकै चर्को प्रतिस्पर्धा पनि गर्ने गरेका छौं र जरुरी पर्दा हामीले एकले अर्कालाई हातेमालो गरेर प्रधानमन्त्री बनाउन पछि परेका छैनौं । यो संस्कृति पनि भारतीय जनता पार्टीका नेतालाई भन्न चाहेको थिए ।ु

त्यस्तै दाहालले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गाउँघरमा जाँदा चोर आएको भन्छन् भनेर दिएको अभिव्यक्तिको पनि जवाफ दिएका छन् । उनले नेताहरू गाउँघर जाँदा चोर भन्छन् भन्ने कुरा झूट भएको बताए । उनले भने, यहाँ विचार प्रस्तुत हुने क्रममा एकजना वक्ताले नेताहरू आए भने गाउँघरमा चोर आए भन्छन् भनेको सनुन्नुभयो ।

होइन गलत हो । यो के को निम्ति भनियो रु जतिबेला लोकतान्त्रिक राजनीतिक दल र लोकतन्त्रको निम्ती शान्तिको निम्ति संघर्ष गरेका राजनीतिक दल र नेताहरूलाई बद्नाम गर्न खोजिन्छ । त्यो निरंकुशता र तानाशाही जन्माउने षडयन्त्र हो भनेर बुझ्न जरुरी हुन्छ । कहीँ न कहीँ तानाशाही त्यसरी ने आउने गर्छ । त्यसकारण हामी सतर्क हुन जरुरी छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै हिँड्ने अहंकार नगर्न नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरेका छन् ।

उनले सम्बोधनमा गर्दै शान्ति सम्झौताका बाँकी काम सक्न मात्र होइन, परिर्वतनलाई संस्थागत गर्न पनि कांग्रेस र माओवादी केन्द्रबीच गहिरो एकता जरुरी रहेको बताए । ‘कहिलेकाहीँ म सुन्छु, साथीहरु एक्लै हिँड्ने कुरा गर्नुहुन्छ,’ उनले अघि भने, ‘हामी एक्लै हिँड्ने अहंकार कसैले पनि नगरौं । हामी मिलेरै हिँड्ने हो ।’

राजनीतिक प्रतिस्पर्धा गरे पनि त्यो प्रतिस्पर्धाभित्र एकता खोजिराख्नैपर्ने हुन्छ । ‘अहिले हामीले जे सफलता भनेका छौं, त्यो एकता, गठबन्धनबाट प्राप्त भएको सफलता हो’ प्रचण्डले भने । २०४६ सालको जनआन्दोलन, बृहत शान्ति सम्झौता र ०६२र६३ को सफलता एकताको परिणम भएको भन्दै उनले एक्लै हिँड्ने अहंकार गर्दा ओरालो यात्रा सुरु हुने बताए ।