कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष राष्ट्रिय वाणिज्य बैंकबाट सम्मानित


कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेललाई राष्ट्रिय वाणिज्य बैंक थापाथली शाखाले सम्मान गरेको छ । थापाथली शाखाबाट उत्कृष्ट रुपमा धेरै कारोवार गर्ने ग्राहकको रुपमा सम्मान गरिएको हो ।

सेवा, सन्देश र मनोरञ्जनका साथै सामाजिक अभियानको रुपमा सक्रिय भई कारोवार समेत धेरै र उत्कृष्ट भएको भन्दै सम्मान गरिएको थापाथली शाखाकी कर्मचारी मनिषा कोइराला बताउँछीन । सम्मान कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले एक समारोहका साथ कंडेललाई सम्मान गरेका हुन ।

कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुःखी पीडितहरु तथा अन्य सहयोगको लागि खातावाला सञ्चालन गरिएको थियो । खाताको नाम कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन रहेको छ । सो नामको खाता नम्बर १४३०१००००२८०९००१ रही राष्ट्रिय बाणिज्य बैंक शाखा थापाथलीमा छ । शाखा कोड १४३ स्विफ्ट कोड RBBNPKA र इमेल indrenifoundation@@t को नााममा कारोवार हुने गरेको छ ।