सुजाता कोइरालाको उप–सभापतिमा उम्मेदवारी दिने


नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सुजाता कोइरालाले उप(सभापतिमा उम्मेदवारी दिने भएकी छन्। नेतृ सुजाताले प्रकाशमान सिंहको तर्फबाट उपसभापतिमा उम्मेदवार दिने सिंहको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार अहिले नेताहरु आन्तरिक परामर्शमा जुटेकाले केहि समयमा नै आफ्ना प्यानलको घोषणा हुनेछ।

कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आ-आफ्ना उम्मेदवार तय गर्न छलफलमा जुटेका छन्। तर सहमति हुन नसक्दा हालसम्म प्यानल घोषणा हुन सकेको छैन।

कांग्रेस सभापतिमा रामचन्द्र पौडेलले उम्मेद्वारी नदिने भएका छन्। शनिबार बिहान कांग्रेस नेता कार्यकर्तासँगको छलफल पौडेलले संस्थापन इत्तरबाट कसैले अडान नछाडेपछि आफू सभापति पदबाट पछाडि हटेको बताएका हुन्।

पौडेल निवासमा मिनेन्द्र रिजाल, बन्द्री पाण्डे लगायतका नेता कार्यकर्ताहरु गएका थिए। संस्थापनइतर पक्षले सभापतिकै उम्मेदवार तय गर्न सकेको छैन।

वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको इतर समूह निरन्तर छलफलमा छन्। सो समूहबाट नेता पौडेल र महामन्त्री डा। शशांक कोइरालाले सहमति जुटे सभापतिको उम्मेदवारबाट आफूहरू लचिलो बन्ने संकेत गरेका छन्। तर, नेता प्रकाशमान सिंह र शेखर कोइरालाका बीचमा सहमति जुट्न सकेको छैन।