कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ३० हजार तोकियो


नेपाली कांग्रेसको निर्वाचनमा सभापतिको आकाक्षी बढेका छन् । यता नेपाली कांग्रेसको नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिले १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता थालिएको हो ।
यसपटक कांग्रेस सभापतिको उम्मेदवारका लागि ३० हजार शुल्क तोकिएको छ ।

उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार तोकिएको छ भने केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क निधारण गरिएको छ । प्रदेश अधिवेशनमा गण्डकीमा सभापतिको उम्मेदवारका लागि ९१ हजार शुल्क तोकिएको थियो । नेपाली कांग्रेसको महाधिवेशनमा करिव ५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । राजधानीका तीन जिल्ला बाहेका सबै प्रतिनिधिलाई खाना बस्नको लागि व्यवस्था गरिएको छ ।