सभापतिको उम्मेदवारमा शेखर कोइरालासहित मीनेन्द्र रिजाल र गगन थापाको प्यानल घोषणा गर्ने


नेपाली कांग्रेसको संस्थापन इतर समूहमा लामो विवाद र रसाकसीपछि डा. शेखर कोइरालाले सभापति पदमा उम्मेदवारी दिने भएका छन्।

कोइरालाको प्यानलबाट महामन्त्री पदमा रक्षामन्त्रीसमेत रहेका डा. मीनेन्द्र रिजाल र युवा नेता गगन थापाले उम्मेदवारी दिने भएका हुन । उपसभापति पद भने कसलाई दिने भन्ने बारेमा अझै सहमति भएको छैन ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता चलिरहेको छ। उता रामचन्द्र पौडेलले भने सभापतिमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । कोइराला परिवारका तीन नेता तीन समूहमा विभाजित भएका छन् ।