९१ वर्षीय बृद्धाबाट कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी


पर्सा वीरगञ्जकी ९१ बर्षिय उपमेयर शान्ति कार्कीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन् ।

९१ वर्षीय कार्कीले महिला खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन् । स्वच्छ काङ्ग्रेस र महिला अधिकारको लागि आफूले उम्मेदवारी दिएको उपमेयर कार्कीको बताइन् ।

वीपीबाट प्रभावित भएर काङ्ग्रेसमा सक्रिय भएको उनको भनाइ छ ।