सिंहको प्यानलबाट विश्वप्रकाश शर्मा महामन्त्रीको उम्मेदवार


शेरबहादुर देउवा र शेखर कोइरालाको दुवैमा प्यानलमा नपरेका विश्वप्रकाश शर्माले प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गरेका छन् ।

उम्मेदवारी दर्ताका लागि राष्ट्रियसभा गृह प्रवेश गर्नुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शर्माले उम्मेदवारी दर्तापछि मात्रै प्यानलको बारेमा बताउने जानकारी दिए ।

शर्मा दुवै समूहबाट महामन्त्रीको उम्मेदवार बन्ने चर्चा रहेको थियो । कृष्णप्रसाद सिटौलासँग देउवाले गठबन्धन गरेपछि असन्तुष्ट रहेका शर्माको कोइरालाको प्यानलबाट महामन्त्री बन्ने चर्चा सुरु भएको थियो । पहिलेदेखि कोइरालाको प्यानलबाट नै महामन्त्रीको चर्चामा रहेका मिनेन्द्र रिजालले उपसभापति बन्न अस्वीकार गरेपछि शर्माको नाम काटिएको थियो ।

शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार हुने चर्चा सुरु भएको छ । सिंहले आफ्नो प्यानलबाट उपसभापतिमा सुजाता कोइरालालाई उम्मेदवार बनाएका छन् ।