सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी दर्ता


सभापति पदका लागि नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराएका छन् ।

शनिबार दिउँसो भृकुटीमण्डपस्थित निर्वाचन समितिको कार्यालयमा पुगी निधिले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्यानलबाट उपसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

२५ वर्षसम्म सभापति शेरबहादुर देउवासँग सहकार्य गरेका निधिले १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न देउवालाई आग्रह गरेका थिए । तर देउवाले आफैं सभापतिमा उठ्ने बताएपछि निधिले छुट्टै उम्मेदवारी दिएका हुन् ।
नेपाली कांग्रेसमा पाँच जनाभन्दा बढिले सभापतिको लागि उम्मेदवारी दर्ता गरेका हुन ।