कांग्रेस सभापतिमा शेरबहादुर देउवा प्यानलका उम्मेदवार


नेपाली कांग्रेसको संस्थापन पक्षले नयाँ नेतृत्वका लागि अघि सार्ने टिमको टुंगो गरेको छ।शेरबहादुर देउवाले सभापतिमा दोहोरिने योजनासहित पूर्व महामन्त्री कृष्ण सिटौलाको साथ लिएर टिम तयार पारेका हुन।

देउवा समूहबाट वर्तमान उपसभापति विजय गच्छदार फेरि उपसभापतिमै उठ्ने भएका छन्। अर्को उपसभापतिमा वर्तमान महामन्त्री पूर्णबहादुर खड्काको नाम तय भएको छ।

त्यस्तै महामन्त्रीमा डा। प्रकाशशरण महत र सिटौला समूहका नेता प्रदीप पौडेलको नाम पक्का भएको छ। महामन्त्रीमा पौडेललाई अघि सारिएपछि संस्थापनमा तीव्र असन्तुष्टि देखिएको छ।

देउवा समूहमा महामन्त्रीका लागि बालकृष्ण खाण, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्कीसहित दौडमा थिए।

सह–महामन्त्री

सभापति देउवासहितका नेताहरुले महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना मकवानपुर, आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङदेम्बे पाँचथर, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा अर्घाखाँचीलाई अघि सारिएको छ।

त्यस्तै मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव धनुषा, खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर बर्दिया, थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी बारा, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर बारा र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही हुम्लालाई सहमहामन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

केन्द्रीय सदस्य

त्यस्तै खस आर्यतर्फका केन्द्रीय सदस्यमा केशवकुमार बुढाथोकी झापा, श्याम घिमिरे सिन्धुली, नारायण बहादुर कार्की उदयपुर, कृष्णबहादुर कार्की नवलपरासी पूर्व, गेहेन्द्र गिरी दाङ, प्रकाश अधिकारी चितवन, गोविन्दबहादुर शाह अछाम तथा खस आर्यतर्फकै महिला केन्द्रीय सदस्यमा मञ्जु खाण सिराहा, नानु बास्तोला काठमाडौँ, चम्फा खड्का बागलुङ, कान्तिका सेजुवाल जुम्ला, लीला नेपाल सिन्धुपाल्चोक र विद्या तिमिल्सिना बाजुरालाई उम्मेदवार बनाउने निर्णय भएको देउवाको सचिवालयले जानकारी दिएको छ