बुढो पाटीको बुढै तरिका


ताप्लेजुङ देखि दार्चुलासम्मका गाउँ–गाउँमा बसेर हातमा मोबाइल लिएर मतदान गर्न मिल्ने जमानामा ५ सय लिटरको पानी टंकीमा मतपत्र हाल्नु पर्ने ७५ वर्षको कांग्रेसले ५ सय वर्ष पुरानो प्रबिधि प्रयोग गर्दैछ । नियुक्ति र सुबिधा लिने बेला कांग्रेस हु भन्ने ईन्जिनियरहरु कता छन । भन्दै निलकण्ठ शर्माले फेसबुक पेजमा टिप्पणी गरेका छन् । शर्माले भनेजस्तो नेपाली कांग्रृेसले प्रयोग गरेको जारी १४ औं महाधिवेशनमा ५ सय लिटरका खानेपानीका ट्यांकी राखिनुले दुनियाँलाई नै मजाकको विषय बनाएको छ । शर्माले भने जस्तै अहिले प्रविधिको प्रयोग मार्फत हरेक काम केही क्षणमै सम्पन्न हुने गरेका छन् ।

अनि विद्युतिय मेसिन माफत नै मतदान गर्ने व्यवस्था नेपालमै सुरुभएको भनि १५ वर्ष भैसकेको छ । २०६४ सालमा सम्पन्न भएको पहिलो संविधान सभा निर्वाचनमा समेत काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा विद्युतिय मतदान सम्पन्न् भएको थिए । जसमा कांग्रेसकै उम्मेदबार प्रकाशमान सिंह निर्वाचित भएका थिए ।

यदि कांग्रेसलाई आधुनिक प्रविधि माथि विश्वास नलागेर अहिले टंकी प्रयोग गरेको भए त्यतिबेला किन विश्वास गरेको हो त प्रश्न उठेको छ । यता भौतिक रुपमा मतदान गरेको भएपनि निर्वाचन आयोगले मतदानमा प्रयोग गर्ने मतपेटिका प्रयोग गर्न सकिने थियो । किन नगरेको होला सर्वत्र चासो भएको छ ।

भर्खर मात्रै नेकपा एमाले र राप्रपाको महाधिवेशनमा समेत विद्युतीय मतदान भई नतिजा समेत छिठो छरिटो आएको ताजै छ । अर्कोतिर भोट माग्न सबै नेताले फेसबुक, युट्युब तथा ट्वीटरको उपयोग मार्फत निर्वाचन प्रचारप्रसारमा लागेका छन् । महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेसको प्रविधिको प्रयो्ग गर्दै एप समेत सार्वजनिक गरेको थियो ।

नेताहरु स्वयम् २१ औँ शताब्दीमा प्रविधिको अत्याधिक उपयोग गर्नुपर्छ भनेर पटक–पटक भाषण गर्दै आएका छन् । तर मतदान गर्ने प्रक्रिया भने अति पुरानै भएकोमा नेताहरु नै छक्क छन् । पानी भर्नको लागि प्रयोग गरिने हरियो ट्याङ्कीलाई मतपेटिका बनाइएको छ ।

मतपेटिकामा हरियो ट्याङ्की प्रयोग गरिनुलाई स्वयम् मतदाताले पुरानो सोच र व्यवस्थापनमा देखिएको कमजोरी भएको भन्दै टिप्पणी गर्न थालेका छन् ।

‘यो उचित प्रबन्ध र व्यवस्थापनको अभावले विद्युतीय मतदान प्रयोग गर्न सकिन्थ्यो । त्यसमा पार्टीको सङ्गठन र निर्वाचन पद्धति नै पछाडि परेको हो कि भन्ने महाधिवेशनले संकेत गरेको छ । महाधिवेशनमा चार हजार ७४३ मतदाता छन्। ।

सङ्ख्यात्मक रुपमा धेरैले भोट हाल्नुपर्ने भएपनि प्रविधिलाई सोही अनुरुप प्रयोग गर्न सकेको भए समय र लनानीको समेत बचत हुने थियो । अर्कोतिर हरियो टंकीलाई मतपेटिका बनाइनुले कतै कुनै व्यवसायीको टंंकी प्रचार प्रयोजनका लागि त होइन भन्ने आशका समेत उब्जिएका छन् ।