कांग्रेस महाधिवेशनमा पत्रकारको विरोध


नेपाली कांग्रेसको महाधिवेशनस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै पत्रकारले विरोध जनाएका छन् । आन्दोलितमा उत्रिएका पत्रकारको निर्वाचनका प्रमुखको आग्रहसंगै धर्ना रोकिएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका प्रमुख गोपालकृष्ण घिमिरेले आन्दोलनरत पत्रकारसामू आएर माफी मागेपछि क्यामरा डाउन गरेर बसेका फोटो पत्रकार काममा फर्किएका हुन ।

गल्ती भयो, भनि माफी दिए पछि फोटोपत्रकारहरू काममा फर्किएका हुन्।मतदान गरेको तस्बिर र भिडियो लिन खोज्दा सुरक्षाकर्मी र निर्वाचन समितिका सदस्यहरूले अवरोध गरेपछि फोटो पत्रकारहरुले क्यामेरा डाउन गरेका हुन ।

देउवा आएसँगै फोटो खिच्ने क्रममा पत्रकार र सुरक्षाकर्मीबीच धकेलाधकेलको स्थिति सृजना भएको थियो। ‍फोटो पत्रकारहरुले क्यामेरालाई सडकमा राखेर विरोध जनाएका थिए। बिहान ८ बजेदेखि हुनुपर्ने मतदान साढे तीन घन्टा ढिलो गरि सुरू भएको छ।

प्रचारप्रसारको जिम्मेवारी पाएका नेपाल पत्रकार महासंघका पूर्व सभापति समेत रहेको सुरेश आचार्यको चर्चा विरोध भएको छ । महाधिवेशन प्रचारप्रसारमा उचित व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भएको हो ।