शेयर बजारबारे भ्रममा नपर्न लगानीकर्तालाई अर्थमन्त्री शर्माको आग्रह


अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्री र अर्थ मन्त्रालयले शेयरबजार घाटाइदिने–बढाइदिने भन्ने विषयमा सत्यता नभएको स्पष्ट पारेका छन् । सोमबार बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले केहि यस्तो अफवाह फैलाउन लागिपरेको बताउँदै त्यस्तो भ्रममा नपर्न लगानीकर्तालाई आग्रह गरेका हुन ।

शेयर बजार मन्त्रीले घटाउन÷बढाउन भूमिका खेल्न नसक्ने बताउँदै त्यसको कारण नियमनकारी निकायलाई मात्र थाहा हुने उनले प्रष्ट पारे। मन्त्री शर्माले पूँजी बजारमा लगानी गरेका सबै लगानीकर्ताको लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय सधैँ गम्भीर रहेको समेत बताएका छन् ।

उनले मन्त्रालयले बजारमा अनियमितता गर्ने विरुद्ध छानबिन गरेर कारबाही समेत गरिसकेको बताउँदै मन्त्रालयले गर्नु पर्ने कार्य गरिरहेको स्पष्ट पारे। शेयर बजारको समस्यालाई समाधान गर्न धेरै कुरामा सुधार गर्नुपर्ने देखिएकाले विज्ञहरूसँग त्यसका लागि छलफल भइसकेको र त्यसतर्फ कार्य भइरहेको समेत शर्माले बताए।

लगानीकर्ताले अनावश्यक रूपमा भोगिरहेको समस्या र लगानीलाई सुरक्षित गर्न आवश्यक नीति र प्रविधि विकासमा मन्त्रालय गम्भीर रूपमा लागेको मन्त्री शर्माले बताए। यसमा लगानीकर्तालाई ढुक्क हुन समेत उनले आग्रह गरे। अहिले कुनै समूह यसबारे अफवाह फैलाउन लागिपरेको बताउँदै त्यस्तो भ्रममा नपर्न लगानीकर्तालाई आग्रह गरे।

तपाईँलाई एउटा भ्रम दिँदै ठग्लान्, ठगीमा पर्नु होला’, मन्त्री शर्माले सर्वसाधारण लगानीकर्तालाई आग्रह गरे, ‘नठगिएर आफ्नो व्यवसाय गर्नुहोस्, त्यसमा अर्थमन्त्री र अर्थ मन्त्रालयले घाटाइदिनेरबढाइदिने भन्ने कुरा हुँदैन, यसले संस्थाहरूलाई पारदर्शी बनाउने र बलियो बनाउने, ऐन कानुनलाई व्यवस्थित बनाउने काम गर्ने हो ।

त्यसमा हामी लागेका छौँ । पछिल्लो दिनमा शेयर बजारका बारेमा राजनीतिक रुपमै बहस र छलफलले प्रवेश पाएको छ ।