कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान आजै दिउँसो साढे ३ बजेदेखि गर्ने तयारी


काठमाडौं, मंसिर २८। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति चयन गर्न आज फेरि चुनाव हुने भएको छ।सोमबार भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नपाएपछि आज फेरि मतदान हुन लागेको हो।

केन्द्रीय निर्वाचन समितिका एक सदस्यका अनुसार आज अपरान्ह ३:३० बजेबाट दोस्रो चरणको मतदान गर्ने तयारी भएरहेको छ। आजको मतदानमा पनि हिजोजस्तै ३ मतदान स्थलमा मतदानको व्यवस्था गरिने छ। दोस्रो चरणमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला भिड्दै छन्।