महामन्त्रीमा गगन थापा अगाडी


नेपाली काँग्रेसको १४ औं महाधिवेशनको महामन्त्री पदमा युवा नेता गगनकुमार थापाको मत सर्वाधिक अगाडी रहेको छ । बिहीबारदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाममा निकै अगाडी बढेका हुन ।

निर्वाचन समितिका अनुसार ४०० मत भन्दा बढि गन्दा थापाले सर्वाधिक २०० मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्मा १०४ मत ल्याएका छन् भने उनलाई उछिन्दै प्रदिप पौडेलले ११० मत प्राप्त गरेका छन् ।

यस्तै प्रकाशशरण महतले ९१ र मीनेन्द्र रिजालले ५५ मत पाएका छन् । यस्तै राजाराम कार्कीले ५ मत ल्याएका छन् । मत गणना जारी छ । पदाधिकारीहरुको मत गणना गनिसकेपछि मात्र केन्द्रिय सदस्यहरुको मत गणना गर्ने कार्यतालिका रहेको छ ।