स्वास्थ्य मन्त्रालयको प्रवक्तामा मिश्रा


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्तामा डाक्टर संगीता मिश्राले जिम्मेवारी पाएकी छन् । डाक्टर मिश्रा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट मन्त्रालयमा सरुवा भएकी हुन ।

यसअघि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डाक्टर कृष्णप्रसाद पौडेलले सम्हालेका थिए । उनको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक समेच थिए । पौडेलले अब महाशाखा प्रमुखको जिम्मेवारी मात्र सम्हाल्ने छन् ।