मनकामना केबलकार मर्मतका लागि चार दिन बन्द हुने


नेपालकै पहिलो मनकामना केबलकार मर्मत सम्भार गर्न चार दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले आइतबारदेखि चार दिनलाई केबलकार सेवा बन्द गर्न लागेको हो । यो अवधिमा रेष्टुरेन्ट र बटम स्टेसनको सेवा भने जारी रहनेछ ।

कम्पनीका प्रबन्ध निर्देशक राजुबाबु श्रेष्ठले लागि आइतबारदेखि बुधबारसम्म सेवा बन्द रहने बताए । उनले बिहीबारदेखि पुनः सेवा सूचारु हुने छ । केवलकार ‘अष्ट्रियाबाट मर्मत सम्भारका लागि लागि प्राविधिक आउने भएका छन् ।

उनले केबलकार मर्मत गर्ने समय दुई दिन भएपनि मर्मतपछि परिक्षण गर्न थप दुई दिन केबलकार सेवा बन्द रहने जनाएको छ । मनकामना केबलकार मार्फत मनकामना मन्दिरको दर्शन गर्न जाने बढि हुने गर्छन ।