कांग्रेस महामन्त्रीमा थापा र शर्मा विजयी


नेपाली कांग्रेसको महामन्त्रीमा युवा नेता गगन कुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्।

१४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको बिहीबार दिउँसो भएको मतगणनामा थापा र शर्मा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

महामन्त्री निर्वाचित दुबै संस्थापन इतर समूहका हुन्। थापा शेखर कोइराला समूहबाट महामन्त्री उम्मेदवार बनेका थिएभने शर्मा प्रकाशमान सिंह समूहबाट उम्मेदवार बनेका थिए। थापाले सर्वाधिक मत पाएका छन्। शर्माले दोस्रो सर्वाधिक मत ल्याएका हुन । गगन कुमार थापाले ३ हजार २३ मत प्राप्त गरेका छन् भने विश्व प्रकाश शर्मा १ हजार ९ सय ८४ मत प्राप्त गरेका हुन ।

शेरबहादुर देउवा पक्षका डा. प्रकाश शरण महत १ हजार ५ सय ५६ मत ल्याउँदा प्रदिप पौडेलले १ हजार ३ सय ९३ मत प्राप्त गरेका छन् । यता डा. मिनेन्द्र रिजालले ८ सय ९ ले मत र राजाराम कार्कीले १ सय ६ मत प्राप्त गरेका हुन । पौडेल कृष्ण प्रसाद सिटौला तर्फबाट महामन्त्रीका उम्मेदवार बनेका थिए ।