एभरटनसँग चेल्सीको बराबरी


काठमाडौं, पुष ०२। इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी एभरटनसँग बराबरीमा रोकिएको छ। घरेलु मैदानमा गएराति भएको खेलमा तेस्रो स्थानमा रहेको चेल्सीले एभरटनसँग १-१ गोलको बराबरी खेलेको हो । उपाधि दाबेदार मानिएको चेल्सीले ७० औँ मिनेटमा मसुन माउन्टको गोलबाट अग्रता लिँदा त्यसको चार मिनेटपछि जेरार्ड ब्रेथवेटले एभरटनका लागि गोल गर्दै बराबरी बनाएका थिए ।

त्यसपछि गोलका लागि थुप्रै प्रयास गरेको चेल्सीले तीन अंक भने जुटाउन सकेन । समान खेलबाट १९ अंक मात्रै जोडेको एभरटन १४ औँ स्थानमा छ । प्रिमियर लिगमा १७ खेलबाट ४१ अंक जोडेको साविक विजेता म्यान्चेष्टर सिटी शीर्ष स्थानमा छ ।