कांग्रेसका थप पाँच सहमहामन्त्रीका लागि मतगणना गरिँदै


काठमाडौं, पुष ०२। नेपाली कांगेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा आज पाँच जना सहमहामन्त्रीको मतगणना गरिँदैछ। खसआर्य, पिछडिएको क्षेत्र, मधेशी, मुस्लिम र थारु क्लस्टरको मतगणना केहिबरेमा सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

खस आर्यतर्फ देवराज चालिसे र किशोर सिंह राठोर उम्मेदवार रहेका छन् भने पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे र जीवनबहादुर शाही प्रतिस्पर्धी हुन्। मधेशीतर्फ शेरबहादुर देउवा पक्षका महेन्द्र यादव र शेखर कोइराला पक्षका रामकृष्ण यादवबीच प्रतिस्पर्धी छन् । मुस्लिमतर्फ देउवा पक्षका फर मुल्लाह मन्सुर र कोइराला पक्षका शेख वकील चुनावी प्रतिस्पर्धामा छन् ।

थारुतर्फ देउवा पक्षबाट उमाकान्त चौधरी र कोइराला पक्षबाट तेजुलाल चौधरी चुनावी मैदानमा छन् । आठ सहमहामन्त्री मध्य यसअघि महिला, जनजाति तथा दलित समूहको अन्तिम परिणाम आइसकेको छ । निर्वाचन समितिका अनुसार महिला समूहबाट महालक्ष्मी उपाध्याय (डिना) र आदिवासी जनजाति समुहबाट भीष्मराज आङ्देम्बे विजयी भइसकेका छन्।

उनीहरु सभापति शेरबादुर देउवा पक्षका हुन्। दलित समूहबाट भने शेखर कोइराला पक्षका जीवन परियार सहमहामन्त्रीमा विजयी भएका छन् । यसअघि बिहीबार सार्वजनिक भएको मतपरिणाम अनुसार महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।