बढ्यो सुनको मूल्य, कतिमा भइरहेको कारोबार ?


काठमाडौं, पुष ०२। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रूपैयाले बढेर ९४ हजार रूपैयाँ तोकिएको छ । बिहीबार सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ५०० छ जसको मूल्य बुधबार प्रतितोला ९२ हजार ५०० तोकिएको थियो । आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा १५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला रु एक हजार २५० मा कारोबार भइरहेको छ ।