राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालबाट सामाजिक सेवा रत्न राष्ट्रिय सम्मानबाट कृष्ण कंडेल सम्मानित


काठमाडौं, पुष ०३। नेपाली लोक गीत संगीतको संरक्षण,सम्बर्धनको लागि अनबरत लाग्दै आएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले २१औँ वार्षिक साधारणसभा आज सम्पन गर्दै छ ।

नेपाली लोक कलाकारिता क्षेत्रमा लाग्नु भएका अग्रज देखि समकालीन सम्मको सहभागिता रहेको उक्त कार्यक्रममा यो पटक प्रतिष्ठानको स्थापना गरिएको जिल्ला पूर्वी नवलपरासीको अरुणखोलास्थित जनता माध्यामिक विद्यालयको प्रांग्रणमा कार्यक्रम आयोजना गरिएको थियो।

प्रतिष्ठानले यो पटक दोहोरी क्षेत्रमा योगदान दिने बिभिन्न विधाका व्यक्तिहरुलाई सम्मान गरेको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ऐतिहासिक २१औं वार्षिक साधरण सभामा सम्मानित हुने कलाकार तथा रसंचारकर्मीहरुलाई स- सम्मानपत्रका साथ सम्मानित गरेको छ ।

कार्यक्रममा अग्रज लोकसंगीतश्रष्टा राष्ट्रिय सम्मान -श्री नरेन्द्रराज रेग्मी देउडा गायक अग्रज श्रष्टा सु.प.पाएको छ । भने सामाजिक सेवा रत्न राष्ट्रिय सम्मा ( कृष्ण कंडेल इन्द्रेणी ) त्यस्तै लोक पत्रकारिता सम्मान – पोखराबाट पत्रकारिता गर्दै आउनु भएका श्री राजाराम पौडेल पर्नु भएको छ, राष्ट्रिय श्रष्टा सम्मान – श्री प्रेमराजा महत र श्री राम प्रसाद खनालले पाउनु हुने भएको छ, संस्थापक सम्मान – संस्थापक समिति रसंस्थापक सल्लाहकार लक्ष्मण थापा अरुणखोला, मेघराज पाण्डे विधालय व्यवस्थापन अध्यक्ष ,लोकसंस्कृति विधावारिधि सम्मान – श्री तुलसी प्रभास् साथमा अन्य विभिन्न संस्थागत सम्मानहरु बाट अन्य व्यक्तिहरु पनि सम्मानित भएका छन्।

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल) प्रमुख अतिथिको रुपमा सहभागी भएर उद्घाटन गरिएको थियो । साथै, कार्यक्रममा प्रतिष्ठानका संस्थापन समितिलाई पनि सम्मान गरिएको छ । प्रतिष्ठानको स्थापना नवलपुर जिल्लाबाट अम्बर बिरही गुरुङको अध्यक्षतामा भएको थियो ।