झन्डै तीन हजार मत गन्दा शशांकलाई २४ सय बढी मत, हेर्नुस् को-को परे ३५ नम्बरसम्म


काठमाडौं, पुष ०४। नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य छान्न अहिले खुलातर्फका ३५ जनाका लागि मतगणना भइरहेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा भइहरेको मतगणनामा आइतबार दिउँसोसम्म २९९३ मत गणना भइसकेको छ।

झन्डै तीन हजार मतगणना हुँदा सबैभन्दा बढी मत केन्द्रीय सदस्यका उम्मेदवार शशांक कोइरालाले पाएका छन्। उनले २४४२ मत पाएका छन्। कोइरालापछि रहेका एनपी साउँद १८९६, बालकृष्ण खाण १८५१, उदयशमशेर राणा १८०८, रमेश लेखक १७८२, शंकर भण्डारी १७७१ र रामहरि खतिवडा १७७० मत पाएका छन्।

३५ औं नम्बरमा रहेका कृष्णकिशोर घिमिरेले ११ सय मत पाएका छन्।३६ औं नम्बरमा रहेका मनोजमणि आचार्यले १०५५ मत पाएका छन्। कांग्रेसमा खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ।

कसले कति मत पाए हेर्नुस्: