माओवादी बागमती अध्यक्षमा सरल सहयात्री निर्वाचित (विजयीकाे सूचीसहित)


काठमाडौं, पुष ०६। नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी अध्यक्षमा सरल सहयात्री चयन भएका छन्। प्रदेश सम्मेलनकाे निर्वाचनमा निकटतम प्रतिस्पर्धी दिनानाथ गौतमलाई पराजित सहयात्री प्रदेश अध्यक्षमा विजयी भएका हुन्। कुल २ सय ६१ मत खसेकाेमा सहयात्रीले १६२ र गौतमले ८६ मत प्राप्त गरे।

निर्वाचन समितिका अनुसार उपाध्यक्षमा रूपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी चयन भएका छन्। सचिवमा इन्द्रबहादुर थिङ तथासहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित भएकी छिन्।बागमती प्रदेशको मंसिर २५ र २६ गते काठमाडौंमा भएको सम्मेलनमा २७५ जना सदस्य चयन भए पनि पदाधिकारीमा सहमति हुन सकेको थिएन।